क्लबमा बाउन्सरको कुटपिटबाट ग्राहक घाइते

0 Shares

बुटवल – बुटवलको एक क्लबमा ग्राहक माथि बाउन्सर लगार कुटपिट भएको छ । बुटवल उपमहानगरपालिका वार्ड ११ कालिका नगरमा रहेको बुटवल लड क्लबमा कलाकारको रमाइलो हेर्न पुगेका २ जना ग्राहकलाई क्लबमा बाउन्सरले कुटपिट गम्भीर घाइते बताएका छन् ।

ल्मी जिल्लाको मुसिकोट गाउँपालिका वार्ड नम्बर४ बडागाउँका २७ वर्षीय विनोद गुरुङ, सोही गाउँपालिका वार्ड ७ बस्ने  हिमाल भट्टराईलाई बुटवल लड क्लबका बाउन्सर देवदह नगरपालिका वार्ड नम्बर १० बस्ने सागर पुन,विपिन पुन लगायतले खुकुरी तथा रड प्रहार गरी घाइते बनाएका छन् । घटनामा गम्भीर घाइते भएका गुरुङको अहिले भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गुरुङले क्लबका बाउन्सरहरुले खुकुरी तथा रड प्रहार गरेर कुटिपिट गर्दै आफूहरूले सुनको सिक्री, ब्रासलेट र मोबाइल समेत लुटेर लगेको आरोप लगाएका छन् । उनले आफूहरू विना कारण हतियार प्रयोग ज्यान मार्गे उद्देश्य भए पनि क्लबमा रहेका अन्य दर्शकहरूले रोक्दा आफूहरू बाँचिएको बताएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दान बहादुर थापाले  घाइतेहरू प्रहरी कहाँ निवेदन लिएर आएको घाउ चेकचाज गर्नको लागि पठाएको र घटनाको अन्य अनुसन्धान सुरु गरेको छ।

सम्बन्धित समाचारसबै