काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आज शुक्रबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २०० रुपैयाँ , हरियो अङ्गुर १२० रुपैयाँ, अदुवा ९०, नेपाली ठुलो गोलभेँडा ४० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ७० रुपैयाँ, अम्बा १०० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । उता, रातो आलु २६ रुपैयाँ, सेतो आलु १८ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, कागती १५० रुपैयाँ, किवी ३५० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ कायम गरिएको छ ।
विकास समितिका अनुसार लोकल गाजरको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, टनेल गोलभेँडा १५ रुपैयाँ , राजमा घिउ सिमी ८० रुपैयाँ, चमसुरको साग ५० रुपैयाँ, कन्ये च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, तितो करेला १३० रुपैयाँमा किनबेच भइरहेको छ ।