रिहा भए नागरिक उन्मुक्तिका सांसद् अरुण चौधरी

0 Shares

धनगढी – नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी जेलमुक्त भएका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी केहीबेर अघि कैलाली कारागारबाट रिहा भएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डा रीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरेकी थिइन्। सोही सूचीमा कैलाली कारागारमा रहेका चार जनाको नाम समावेश रहेको छ‍। कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले आवश्यक प्रक्रिया पूरा गरेर चौधरीलाई रिहा गरिएको जानकारी दिए।

२०६६ भदौ ३ गते बन्दको अवज्ञा गरेको भन्दै ट्याक्टर जलाएको आरोपमा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनामाथि ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । तर उनीहरु फरार भएका थिए । उनी गत वैशाखको प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित  भएका थिए ।  उनी गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए ।

सम्बन्धित समाचारसबै