कैलाश कठायत-त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान दर्सकले खचाखच भरीएको थियो । नेपाल स्कटल्याण्डले दिएको २१३ रनको मध्यम लक्ष पछ्याईरहेको थियो । नेपालको सुरुवात राम्रो हुन सकेन ।
१ रनमै पहिलो विकेट गुम्यो । ओपनर कुसल भुर्तेल १ रनमै आउट भए । अर्का ओपनर आसीफ सेख पनी क्रिजमा टिक्न सकेनन् । टिमको स्कोर १९ रन हुदा उनि १२ रन बनाएर आउट भए । तेश्रो नम्बरमा ब्याटीङ गरेका पुर्व कप्तान ज्ञानेन्द्र मल्लले केहि आशा देखाए । तर टिमको स्कोर ३४ रन हुदा उनि पनी २१ रन बनाएर आउट भए । त्यसपछी ब्याटीङमा आएका कुशल मल्लले कप्तान रोहीत पौडेल संग २६ रनको साझेदारी गरे । तर टिमको स्कोर ६० रन हुदा उनि पनी १७ बनाएर आउट भए ।
छैटौ नम्बरमा ब्याटीङमा आएका सन्दीप जोराले १ रन मात्रै बनाए । उनि आउट हुदा नेपालको स्कोर ५ विकेटको क्षतीमा ६१ रन थियो । त्यसपछी ब्याटीङमा आएका भरपर्दा ब्याटसम्यान दिपेन्द्रसिंह ऐरीले कप्तान रोहीत पौडलसंग ४२ रनको साझेदारी गरे । तर उनि टिमको स्कोर १०३ रन हुदा ब्यक्तीगत ७ रन बनाएर आउट भए ।
उनीपछी ब्याटिङमा आएका सोमपाल कामीले पनी राम्रो प्रदसन गर्न सकेनन् । यसअघिका ३ खेलमा बिजयी रन हानेका सोमपाल यो खेलमा भने टिमलाई ११४ रनको स्कोरमा छोडेर २ रन बनाउदै सातौ विकेटका रुपमा पेभेलियन फर्किए । नवौ नम्बरमा ब्याटिङ गरेका पुर्व कप्तान सन्दीप लामीछानेले कप्तान रोहीत पौडेल संग २४ रनको साझेदारी गरे । तर टिमलाई १३८ रनको स्कोरमा छोडेर उनि पनी ब्यक्तीगत ९ रन बनाउदै आठौ विकेटका रुपमा पेभिेलियन फर्किए । आफ्नै अगाडी तासको पत्ता झै विकेट झरीरहदा पनी कप्तान रोहीत पौडेल भने अर्धसतकका साथ क्रिजमा डटीरहेका थिए । तर गतीलो साथ भने पाईरहेका थिएनन् ।
नेपालसंग २ विकेट मात्र बाकी थियो । बनाउने पर्ने रन थियो ७५ । तब त्यतीबेला १० औ नम्बरमा ब्याटिङ गर्न आईपुगे भ्यालेण्टाईन डे ब्वाई करन केसी । उनले कप्तान रोहित पौडल संग ७५ रनको अबिजित साझेदारी गर्दै टिमलाई २ विकेटको जित दिलाए । आफुले भने ३१ रन बनाए । क्रिजमा पर्खाल झै उभिएका कप्तान रोहित पौडेलले ९५ रन बनाए । कप्तान पौडेल सतक बाट मात्र ५ रन टाढा रहे । जितपछी कप्तान पौडेलले दशौं नम्बरमा ब्याटिङमा आएका करण केसीसँग केही पार्टनरसीप बनेपछि अब जित्छौं भनेर आत्मविश्वास बढेको बताए ।
‘५–६ विकेट गुमाउँदासम्म जित्ने विश्वास रहे पनि त्यसपछि लगालग विकेट गएपछि के हुने हो भन्ने दबाव दवाव थियो’ रोहितले सुनाए । तर ८ विकेट गुमाएपछि ब्याटिङमा आएका करण केसीसँगको साझेदारी जमेपछि आफूमा जितिन्छ भनेर विश्वास बढेको उनको भनाई छ । बलिङमा पनी नेपालले राम्रो प्रदसन ग¥यो । लिग च्याम्पियन स्कटल्याडलाई ११२ रनमा अलआउट गर्ने क्रममा सन्दीप लामीछानेले ४ र करन केसीले २ विकेट लिए । यो जित संगै आइसीसी क्रिकेट लिग २ को क्रिकोणात्मक सिरीजमा नेपालले क्लिन स्विप गरेको छ ।
घरेलु मैदानमा सुधारीएको ब्याटिङ
यो सिरीजमा नेपालले उत्कृष्ट प्रदसन ग¥यो । नेपालका हरेक खेलाडी मैदानमा चम्किए । ब्याटिङमा कप्तान रोहीत पौडेलले २ अर्धसतक सहित २१२ रन बनाए । अलराउण्डर कुसल मल्लले पनी २ अर्धसतक सतिह १६६ रन बनाए । ओपनर कुशल भुर्तेलले १ सतक सहित १३३ रन बनाए । अनुभबी ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले एक अर्धसतक सहित ११५ रन बनाए । ओपनर आसीफ सेखले पनी १ अर्धसतक सहित १०२ रन बनाए । दिपेन्द्र सिंह ऐरीले पनी १ अर्धसतक सहित १०० रन बनाए ।
बलिङमा सन्दीपको लोभलाग्दो प्रदशन, ४ खेलमा १३ विकेट
नेपाली क्रिकेट टिमका स्टार खेलाडी सन्दीप लामिछानेले आइसिसि क्रिकेट लिग २ को त्रिकोणात्मक सिरीजमा उत्कृष्ट प्रदशन गरेका छन । नेपाल, नामीबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक सिरीजका ४ खेलमा सन्दीपले १३ विकेट लिएका छन । त्रिबि क्रिकेट मैदानमा भएको सिरीजको पहिलो खेलमा सन्दीपले नामीबिया विरुद्ध ३ विकेट लिए । यो खेलमा उनले १० ओभरमा ६६ रन खर्चिए । दोश्रो खेलमा स्कटल्याण्ड विरुद्ध पनी ३ विकेट लिएका सन्दीपले १० ओभरमा २७ खर्चिए ।
सन्दीपले तेश्रो खेलमा पनी ३ विकेट लिए । नामिबिया विरुद्ध १० ओभर बलिङ गरेका सन्दीपले ३ विकेट लिएर ४६ रन खर्चिए । सिरीजको चौथो खेलमा भने सन्दीपले ४ विकेट लिए । स्कटल्याण्ड विरुद्ध १० ओभर बलिङ गर्ने क्रममा सन्दीपले ४ विकेट लिएर मात्र ४५ रन दिए । यो सिरीजमा लिएको १३ विकेट संगै सन्दीपले आईसीसी विश्वकप क्रिकेट लिग २ मा ५५ विकेट लिएका छन । २४ खेल खल्ने क्रममा ५५ विकेट सहित सन्दीप लिग २ मा बढी विकेट लिने बलरको तेश्रो नम्बरमा छन ।
सिरीजमा करन केसीले पनी बलिङमा प्रभाबसाली प्रदसन गरे । पहिलो खेलमा नामीबिया विरुद्ध ५ विकेट लिएका करन दोश्रो खेलमा स्कटल्याण्ड विरुद्ध विकेट बिहिन रहे । तेश्रो खेलमा नामीबिया विरुद्ध १ र चौथो खेलमा स्कटल्याण्ड विरुद्ध ३ विकेट लिए ।
लिग २ मा अबको बाटो
यो सिरीजमा क्लिन स्विप गरेसंगै नेपालले लिग २ मा २६ अंक जोडेको छ । २८ खेल खेलको नेपाल १२ जित र १४ हारका साथ अंक तालीकाको पुछारबाट दोश्रो स्थानमा छन । नेपालले अब ८ खेल खेल्न बाकी छ । जसमध्ये ४ खेल देशबाहिर युएई मा हुनेछन । बाकी ४ खेल फेरी किर्तिपुरमै हुनेछन ।