ठेकेदार मनोज भेटवाल पक्राउ

0 Shares

काठमाडौं- ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भेटवाललाई बुधबार पक्राउ गरेको हो।

चेक बाउन्स सम्बन्धी उजुरी परेपछि भेटवाललाई पक्राउ गरिएको छ।  ठूलो रकम ठगी गरेको भन्दै विभिन्न व्यक्तिले उनीमाथि उजुरी दिएका थिए। भेटवालले पछिल्लो समय काठमाडौंस्थित पूरानो बसपार्क २९ तलाको काठमाडौं भ्यू टावरको ठेक्का पाएर निर्माण गरिरहेका छन्।

सम्बन्धित समाचारसबै