सुर्खेतमा प्रहरी जवानले गरे आत्महत्या

0 Shares

काठमाडौँ – सुर्खेतमा एक प्रहरी जवानले आत्महत्या गरेका छन् । सुर्खेतमा गएराति ड्युटी बसिरहेको समयमा प्रहरी जवान २६ वर्षीय कविन्द्र विकले आफैँले कन्चटमा गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

आफैँले बोकेको राइफलबाट दाहिने साइडको कन्चटमा गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्चार्ज योगेन्द्र सिंह थापाले जानकारी दिए । आत्महत्याको कारण पत्ता लाग्न नसकेको र अनुसन्धान सुरु गरिसकेको उनले बताए ।

सम्बन्धित समाचारसबै