अपाङ्गता र ज्येष्ठ नागरिकले ए डिभिजन लिगका सबै खेल नि: शुल्क हेर्न पाउने

0 Shares

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगका सबै खेलहरूमा अपाङ्गता भएका र जेष्ठ नागरिकहरुका लागि निशुल्क गरिएको छ । खेलहरू सञ्चालन भइरहेका तीनवटै स्टेडियममा अपाङ्गता तथा जेष्ठ नागरिकहरुको परिचय पत्र देखाएर नि:शुल्क प्रवेश गर्न पाइने व्यवस्था गरिएको आयोजकको भनाइ छ ।

फागुन १९ गतेदेखि सुरु भएको ए डिभिजन लिगका खेलहरू दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । अन्य दर्शकहरूका हकमा भने टिकटको व्यवस्था गरिएको छ । सामान्य प्याराफिटतर्फको टिकट मूल्य १०० र भीआईपी प्याराफिटतर्फको ३०० तोकिएको छ ।

सम्बन्धित समाचारसबै