आज सेयर बजार बन्द रहने

0 Shares

काठमाडौ – आज सेयर बजार कारोबार बन्द हुने भएको छ। सरकारले आज (फागुन २४ गते) अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक बिदा दिएकाले सेयरबजारको कारोबार बन्द हुने भएको हो।

अब सेयर बजारको कारोबार बिहीबार बिहान ११ बजेमात्र खुल्नेछ। यसअघि मंगलबार नेप्से सूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा अडिएको थियो।

सम्बन्धित समाचारसबै