राष्ट्रपतिका लागि भोट हालेर फर्किँदै गर्दा लडेर सांसद न्यौपाने घाइते

0 Shares

काठमाडौँ -राष्ट्रपति निर्वाचनमा संसद् भवनमा पुगेर भोट हालेर फर्किँदै गर्दा सांसद गोविन्द न्यौपाने लडेर घाइते भएका छन् ।  मधेस प्रदेशका सांसद न्यौपाने भोट हालेर फर्कँदै गर्दा गेटबाट बाहिरिने क्रममा लडेका हुन्। टाउकोमा चोट लागेपछि उनलाई अस्पताल पुर्‍याइएको छ ।

सांसद न्यौपाने नेकपा एकीकृत समाजवादीका मधेस प्रदेश संसदीय दलको नेता पनि हुन्।

सम्बन्धित समाचारसबै