काठमाडौँ- काठमाडौंको गोठाटारमा गत ३ असोजमा चलेको गोलीकाण्डमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार उनीहरुलाई भारतबाट पक्राउ गरेर ल्याइएको हो।
उनीहरुलाई केहीदिन पहिल्यै नै प्रहरीले पक्राउ गरेको थियो। काठमाडौं परिसरले उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको प्रहरी उच्च स्रोतले नेपालखबरलाई जानकारी दियो। पक्राउ परेका अभियुक्तहरुको विवरण भने गोप्य राखिएको छ।
भारतीय गुण्डा नितिन मदनको योजनामा भएको भनिएपनि उनलाई पक्राउ गरिएको हो वा होइन भन्ने खुलेको छैन्।
सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित कृष्ण मन्दिर नजिकै हत्या भएको थियो।
यसअघि उनले हत्या गरेका व्यक्तिको अनुसन्धानका क्रममा नै उनको कनेक्सन पाकिस्तानसम्म रहेको पुष्टि भएको थियो।
कागेश्वरी मनोहरा नगरपालिका ८ स्थित उनको गार्मेन्ट अगाडि अज्ञात समूहले गोली प्रहार गरेर फरार भएका थिए।