विराटनगरमा भएको विरोध प्रदर्शनमा प्रहरीसहित प्रदर्शनकारी घाइते

0 Shares

विराटनगर – प्रदेशको नाम ‘कोशी’ राखिएको विरोधमा आइतबार विराटनगरमा भएको प्रदर्शनमा दुई जना प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएको  छन् । निषेधित क्षेत्र तोडेर प्रदर्शनकारीहरुले नाराबाजी गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको थियो ।

त्यसको विरुद्धमा आक्रोशित भएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गर्दै चर्को नाराबाजीसमेत गरेका छन् । उनीहरुले प्रहरीमाथिसमेत ढुंगामुढा गरेका छन् । प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय छेउ रोड शेषमा पुगेका प्रदर्शनकारीलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो । जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ।

सम्बन्धित समाचारसबै