0
Shares
काठमाडौं – म्यानचेस्टर युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै फुलहमलाई ३-१ ले हराएर एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । फुलहमले सुरुआती अग्रता लिए पनि दुई खेलाडीले रातो कार्ड पाएपछि ९ खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।
जसको फाइदा युनाइटेडले उठायो र अन्तिम १५ मिनेटमै तीन गोल गर्यो । युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमाखेलको ५०औं मिनेटमा एलेक्सान्डर मिट्रोभिचले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए ।