0
Shares
धनगढी – कैलालीमा ट्याक्टर दुर्घटना हुँदा दुुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । जोशीपुर गाउँपालिका-७ को हजारीबारामा सोमबार राति से१त ८८७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले ट्याक्टरमा सवार भजनी नगरपालिका-९ बस्ने १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको मृत्यु भएको जानकारी दिए । उनीहरु दुवै जनाको उपचारका क्रममा घोडाघोडी अस्पताल सुखडमा मृत्यु भएको डीएसपी जोशीले बताए ।