0
Shares
काठमाडौं– कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ। मंगलबारदेखि भण्डारीलाई सामान्य आहार दिन सुरु गरिएको उनका सहयोगी योगराज कँडेलले बताएका छन्। गत ३ फागुनमा बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा घाइते भएका भण्डारीलाई सुरुमा कीर्तिपुर बर्न अस्पतालमा उपचार गराएर थप उपचारका लागि भारत लगिएको थियो।
सांसद भण्डारीको जलन भएका ठाउँका छाला पनि राम्रो हुँदै गएकोले तत्काल शल्यक्रिया गर्नु नपर्ने चिकित्सकले बताएका छन्। सांसद भण्डारीलाई हिँड्न प्रयास गराउने चिकित्सकले बताएको कँडेलले जानकारी दिए। हालसम्म सांसद भण्डारीको उपचारमा ५६ लाख खर्च भइसकेको सरकारले बताएको छ।