साफ यू-१७ च्याम्पियनसिप : आज नेपाल भुटानसँग खेल्दै

0 Shares

ढाका– साफ यू–१७ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानको सामना गर्दैछ । नेपाल र भुटानबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल मैदानमा बेलुका ७ बजे सुरु हुनेछ ।

पहिलो खेलमा भारतसँग ४–१ गोलले पराजित भएको नेपाल पहिलो जितको खोजीमा छ । भुटान पहिलो खेलमा आयोजक बंगलादेशसँग ८–१ गोलले पराजित भयो । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटान र रुस सहभागी छन् । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

सम्बन्धित समाचारसबै