राष्ट्रिय निकुञ्जमा बनाइएका अवैध घरटहरा हटाइयो

0 Shares

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले मकवानपुरको मनहरि गाउँपालिका–६ स्थित लोथर खोला आसपासको क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका घर टहराहरू हटाएको छ ।  चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित सो क्षेत्रमा घर टहरा निर्माण गरी सार्वजनिक जग्गा अतिक्रमण गरिएको कार्यालयको भनाई छ ।

अतिक्रमित क्षेत्रलाई खाली गराउन सरोकारवाला निकायसँग समन्वय गरी पटक–पटक सम्झाई-बुझाई गर्दा पनि अतिक्रमित क्षेत्रबाट घर टहरा हटाउन नमानेकोले उनीहरूलाई बल प्रयोग गरेर हटाउन परेको कार्यालयको भनाई छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र वन अतिक्रमण रणनीति, २०६८ बमोजिम मंगलबार चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, खड्गदल गण तथा सिद्धिबक्स गणको संयुक्त प्रयासले ९ वटा घर टहराहरू हटाइएको कार्यालयका  सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् ।

सम्बन्धित समाचारसबै