0
Shares
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदैछन् । उनी आज दिउँसो १ बजे भद्रपुर हुँदै दमक पुग्ने एमाले कोशी प्रदेश कमिटी सदस्य होमबहादुर थापाले जानकारी दिए ।
ओली आज दमकस्थित आफ्नै निवासमा बस्नेछन् । उनले शुक्रबार मेची सहकारी संस्थाले दमक–२ मा निर्माण गरेका ४३ वटा आवास भवनको उद्घाटन गर्नेछन् । यसैगरी भोलि नै एमाले झापाले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओली सहभागी भएर काठमाडौं फर्कने कार्यक्रम छ ।