लोसपाको कार्यकारिणी समितिको बैठक आज बस्दै

0 Shares

काठमाडौं – समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

बैठक आज दिउँसो १ बजे बस्ने नेता शरदसिंह भण्डारीले जानकारी दिए । उनका अनुसार बैठकमा सरकारमा सहभागिता, वैशाख १० गते हुने उपनिर्वाचन लगायत समसायिक राजनीतिक विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तारको तयारी गरिरहेका बेला लोसपा पनि सरकारमा जान इच्छुक छ । लोसपाका एक नेताले मन्त्रालयमा सम्मानजनक बाँडफाँट भए लोसपा पनि सरकारमा सहभागी हुने बताए ।

बैठकमा बारा २, चितवन २ र तनहुँ १ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा पनि छलफल हुने छ । बारा २ मा बढी चासो देखाएको लोसपाले नवलकिशोर सिंहलाई उम्मेदवार बनाउन चाहेको छ । तर सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने प्रयासमा छन् ।

सम्बन्धित समाचारसबै