१२ लाख हुण्डीको रकमसहित खनाल पक्राउ

0 Shares

काठमाडौँ- प्रहरीले न्युरोडबाट १२ लाख हुण्डीको रकमसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका घर भएर टोखा बस्दै आएका ४७ वर्षीय सञ्जय खनाल छन् ।

आरोपीको साथबाट एक थान खाली चेक पनि बरामद गरिएको छ । आरोपीविरुद्ध राष्ट्र बैंक ऐन अन्तर्गत अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचारसबै