‘स्पेसल नाइट विथ कालीप्रसाद बासकोटा’ आयोजना हुने

0 Shares

काठमाडौँ – साङ्गीतिक कार्यक्रम ‘स्पेसल नाइट विथ कालीप्रसाद बासकोटा’ आयोजना हुने भएको छ । पीभीइ नेटवर्कको प्रस्तुति र डेभिल्स ग्रुपको सहकार्यमा हुन लागेको कार्यक्रममा गायक तथा सङ्गीतकार कालीप्रसाद बासकोटाले आफ्नो चर्चित विभिन्न गीत प्रस्तुत गर्नेछन् ।

पछिल्लो समय फिल्म ‘फूलबारी’ मा रहेको गीत ‘माया रैछ र’ मा स्वर दिएका कालीप्रसादको यो कार्यक्रममा ठमेलको सञ्चय कोष चोकमा रहेको ‘क्लब ओम्निया’ मा आगामी चैत १७ गते अर्थात मार्च ३१ गते शुक्रबार आयोजना हुनेछ ।

कार्यक्रममा कालीप्रसादले नयाँ ब्यान्ड ‘साथी भाइ’ सँग लाइभ गीत गाउनेछन् । कन्सर्टमा कालीले ‘अजम्बरी माया पिरती’, ‘निरा’, ‘ओखती’, ‘बाटुली’, ‘लप्पन छप्पन’, ‘इन्स्टाको फोटो’ र ‘पंक्षी’ लगायतका लोकप्रिय गीत गाउनेछन् । उनले ‘साथीभाइ’ ब्यान्डसँग ‘माया रैछ र’ गीत पनि पहिलोपटक लाइभ गाउनेछन् ।

सम्बन्धित समाचारसबै