गण्डकी सरकारबाट बाहिरियो माओवादी, मन्त्रीहरुले आजै राजीनामा दिने

0 Shares

काठमाडौं- गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ। शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले सरकार छोड्ने निर्णय गरेको हो। योसँगै उक्त प्रदेशमा नयाँ सरकार गठन गर्नुपर्ने छ। नयाँ सरकार गठनबारे निर्णय लिन कांग्रेस–माओवादीको संयुक्त बैठक पनि बसेको छ। शुक्रबार केन्द्रबाट सर्कुलर जारी भएसँगै माओवादीले आजै सरकारमा रहेका मन्त्रीहरु फिर्तालाई फिर्ता बाेलाउने तयारी गरेको छ।

गण्डकी प्रदेश माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। समर्थन फिर्तासँगै दुई मन्त्रीले आजै राजीनामा दिने माओवादी केन्द्रका संसदिय दलका नेता हरिबहादुर चुमानले बताए।  पुस २५ मा माओवादी केन्द्रसहित राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सम्बन्धित समाचारसबै