धनुषामा दुई ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु

0 Shares

जनकपुरधाम – पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिकाका ३ मा दुई ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

आज बिहान पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ६ ख ६७७८नम्बरको ट्रक  र प्रदेश १.०-००१ ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोकिएर दुर्घटना भएको हो ।

ना ६ ख ६७७८नम्बरको ट्रक चालक सुनसरी ईनर्वाका २८ वर्षीय सागर चौधरी, सह-चालक सुनसरी भरौल ६ का ३० वर्षीय अर्जुन चौधरी र प्रदेश १ ०२-००१ ख ९२९२ का चालक सर्लाही बागमती ११ का २० वर्षीय नारायण श्रेष्ठकाे मृत्यु भएकाे हाे । दुर्घटनामा प्रदेश १ ०२-००१ ख ९२९२ का सह-चालक मोरङ  बेलवारी ८ का ४४ वर्षीय लोकमान थापा घाइते  भएका  छन् । दुर्घटना भएको दुबै ट्रक क्षतिग्रस्त बनेको छ । ट्रकको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त बनेको देखिएको छ ।

सम्बन्धित समाचारसबै