बारा – इलाका प्रहरी कार्यालय सिमराले २ वटा लरी ट्रकमा लुकाई छिपाई ल्याएको अवस्थामा लागु औषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । वीरगन्जबाट पथलैयातिर आउँदै गरेको मधेस प्रदेश ०३–००१– क २२४२ र ०३–००१ क २२४३ नं लरी ट्रक चेकजाँच गर्ने क्रममा क्याबिनको सिट मुनी लागु औषध फेला परेको हो ।
ट्रकबाट नाईट्रोभेट टयाब्लेट १५० पिस, नाईट्राजेपाम टयाब्लेट ४० पिस, फेनरगन २६ वटा, नुफिम २६ वटा, डाईजापाम २६ वटा र २२४३ नं लरी ट्रकबाट नाईट्रोभेट टयाब्लेट ७५ पिस, नाईट्राजेपाम टयाब्लेट ८० पिस, फेनरगन २८ वटा, नुफिम २८ वटा डाईजापाम २८ वटा फेला परेको हो ।
बारा पर्सा औद्योगिक कोरिडोरको बाटो हुँदै भारतबाट सामान बोकेर आउने गाडी तथा पेट्रोलियम पदार्थ बोकेका ट्याङ्करहरू लुकाई छिपाई लागु औषधको धेरै ओसारपसार हुने गरेको प्रहरीले जनाएको छ । बारा पर्सामा लागु औषधको ठुलो गिरोह रहेको र कोरिडोरको बाटो हुँदै मकवानपुर, काठमाडौँ, पोखरासम्म यी लागु औषधका टब्यालेटहरु पुग्ने गरेको जनाइएको छ ।