0
Shares
लुम्बिनी– लुम्बिनी प्रदेशका पहाडी जिल्लाको भ्रमणमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीन मुखे पुलको अवलोकन गरेका छन् । मंगलबार ओलीले कालीगण्डकी नदीमाथि रहेको तीन मुखे पुलको अवलोकन गरेका हुन् ।
प्रसिद्ध तीर्थस्थल रुरु क्षेत्रको कालीगण्डकी नदीमाथि बनेको तीनमुखे पुल अहिले पर्यटकको आकर्षण बन्ने गरेको छ । पूर्वप्रधानमन्त्री ओलीले पाल्पाको ऋषिकेश मन्दिरको दर्शन गरेका छन् ।