0
Shares
भोजपुर – स्थानीय टुँडिखेलमा सञ्चालन भइरहेको छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत आयोजक भोजपुर फाइनलमा प्रवेश गरेको छ । डाँगीहाट युथ क्लब मोरङलाई ट्राइ ब्रेकरमा हराउँदै भोजपुर ८-७ गोलको अन्तरले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
खेलको नवौं मिनेटमा डाँगीहाटका विशाल पाण्डेले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको ३५ मिनेटमा आयोजकका रेमन उदासको गोलसँगै खेल बराबरीमा पुगेको थियो ।
ट्राइब्रेकरमा भोजपुरका खेलाडीहरू विजय भुजेल, रेमन उदास, राम तामाङ, प्रविण राई, लक्ष्मण तामाङ, विवेक राई, सन्तोष तामाङ र गोल रक्षक धिरज मगरले गोल गरेका थिए । त्यस्तै मोरङका खेलाडीहरू विवेक राई, रोशन धिमाल, प्रविन राई, धिरेन विष्ट, रोमन भुजेल, सुवास तामाङ, विनोद राईले गोल गरे ।