0
Shares
काठमाडौँ – मन्त्रीको नाम फाइनल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बैठक बिहान ११ बजेदेखि सुरु भएको हो।
प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । बैठकले उपनिर्वाचनका लागि उम्मेदवारहरुको छनोट गर्नुका साथै समसामयिक विषयमा पनि आवश्यक निर्णय लिने छ । यसअघि गत मंगलवारका लागि बोलाइएको बैठक दुई दिन पछि बिहीबारका लागि सारिएको थियो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको छ।