धरान उपमहानगरसहित वडा कार्यालयहरूमा तालाबन्दी

0 Shares

विराटनगर –  कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले धरान उपमहानगरपालिकाको मुख्य कार्यालयसहित  वडा कार्यालयहरूमा तालाबन्दी गरेको छ। प्रदेश १ ले कोशी नाम पाएसँगै आन्दोलनरत संघर्ष समितिले आज (बिहीबार) धरान उपमहानगरपालिकाको प्रवेशद्वार र वडा कार्यालयहरूमा तालबान्दी गरेको हो।

उनीहरूले उपमहानगरपालिकाको प्रवेशद्वारमा कालो झण्डा राखेर प्रदर्शन गर्नुका साथै कार्यालयको कोशी प्रदेश लेखिएको लेटरप्याडसमेत जलाएका थिए। संघर्ष समितिले धरानका ५, १५ र १२ नम्बर वडा कार्यालयमा कालो झण्डा राखेर तालाबन्दी गरेको छ। फागुन १७ गते प्रदेशले कोशी नाम पाएसँगै यतिबेला कोशी प्रदेश तनावग्रस्त छ।

पहिचान पक्षधरले दैनिकजस्तो आन्दोलनका कार्यक्रम गरिरहेका छन्। चैत ५ गते विराटनगरमा भएको प्रदर्शनको क्रममा घाइते भएका लिम्बूवान भोलेन्टियर्सका केन्द्रीय सह-कमाण्डर पदम लिम्बू (लाजेहाङ) को उपचारका क्रममा मृत्यु भएको थियो। टाउकोमा चोट लागेका उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा  शुक्रबार मृत्यु भएको  थियो।

सम्बन्धित समाचारसबै