बेचबिखनको जोखिममा परेका ८ नाबालकको उद्धार

0 Shares

रौतहट – भारतको विभिन्न सहरमा रोजगारीको सिलसिलामा रहेका रौतहट, सर्लाही र बाँके का  ८ जना नाबालकलाई एक गैरसरकारी संस्थाले उद्धार गरेको छ। सामुदायिक विकास तथा सचेतना नेपालको पहल तथा जागृति बाल तथा युवा सरोकार नेपालको सहयोगमा बाध्यकारी तथा मानव बेचबिखनको उच्च जोखिममा रहेका ८ नेपाली बालकको उद्धार गरेको हो।

उद्धार गरी ल्याएको बालकहरूलाई राष्ट्रिय बाल अधिकार परिषद्, मधेस प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय रौतहट लगायत सरोकारवाला निकायको समन्वयमा बिहीबार ६ जनालाई परिवारमा पुनर्मिलन र २ जनालाई मानव सेवा आश्रम मार्फत पारिवारिक पुनर्मिलन गर्ने गरी जिम्मा लगाइएको थियो ।

स्वदेश फिर्ता गरी पुनर्मिलन गराएका ८ जना बालक रौतहट, सर्लाही र बाँके जिल्लाका छन् । उद्धार गरी ल्याइएका बालकहरू ११ देखि १६ वर्ष उमेर समूहका रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटको रोहवरमा भएको पारिवारिक पुनर्मिलन कार्यक्रममा सामुदायिक विकास तथा सचेतना नेपालका कार्यकारी निर्देशक दिलीप कोइरालाले स्थानीय निकायले आफ्नो पालिका भित्रको बालबालिकाको लेखाजोखा राख्ने र बालबालिकाहरु विभिन्न प्रलोभनमा भारत र नेपालको अन्य जिल्लामा जानबाट रोक्ने पहल गर्नुपर्ने बताएका थिए।

 

सम्बन्धित समाचारसबै