खानेपानी मन्त्री अब्दुल खानले बुझाए राजीनामा

0 Shares

काठमाडौँ – जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले  राजीनामा बुझाएका छन् । मन्त्री खानले शुक्रबार राजीनामा दिएका हुन् । मन्त्रिमण्डल पुनर्गठनमा जनमतले उद्योग मन्त्रालय पाउने अपेक्षा गरेपनि खानेपानी नै पाएपछि मन्त्री खानले राजीनामा दिएका छन्।

‘जनमत पार्टीले सुरुदेखि कृषि र उद्योग मन्त्रालय माग गर्दै आइरहेको थियो । प्रधानमन्त्री प्रचण्डले तत्काललाई खानेपानी मन्त्रालयमा सम्हाल्नु, पछि मिलाउन भनेको तर अहिले खानेपानी मन्त्रालय नै कायम राखेका कारण मन्त्री खानले राजीनामा दिएका हुन्’ उनले भने ।

सम्बन्धित समाचारसबै