नुवाकोट सुमो दुर्घटना : २ जनाको मृत्‍यु, ८ जना घाइते

0 Shares

काठमाडौं – नुवाकोटको दुप्तेश्वर गाउँपालिका- ४ टाटासुमो दुर्घटना हुँदा दुईजानको मृत्यु भएको छ । ना  २झ ३९८४ नम्बरको टाटा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार मृत्‍यु हुनेमा दुप्तेश्वर गाउँपालिका- ४ बस्‍ने २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीय मनमाया तामाङ रहेका छन् । यस्तै सुमो दुर्घटनामा परी ८ जना घाइते भएको र उनीहरुको खरानीटार अस्पतालमा उपचार भइरहेको डीएसपी खड्काले बताए ।

सम्बन्धित समाचारसबै