चैत्र २२ गते मनकामना केबुलकारको सेवा बन्द हुने

0 Shares

काठमाडौं– नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको टावर मर्मत सम्भार कार्यको लागि यहि चैत्र २२ गते बुधबार एक दिनका लागि केवुलकारको सेवा बन्द हुने भएको छ ।

केवुलकार टावरको मर्मत सम्भार सकिए लगत्तै चैत २३ गते बिहीबारदेखि केबुलकारको सेवा नियमित रुपमा सुचारु हुने कम्पनीले जनाएको छ । उक्त अवधिमा केवलकार बटम स्टेशनमा रहेको रेष्टुराँ सेवा भने यथावत रहने छ । कम्पनीले मनकामना केवलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तर उन्नति गरेकोसमेत जनाएको छ ।

सम्बन्धित समाचारसबै