सार्वभौम जनताको शक्ति बाहेक म सँग अर्को कुनै शक्ति छैन : रवि लामिछाने

0 Shares

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीलाई कुनै बाह्य सहयोग नभएको बताएका छन्। चितवन–२ बाट उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले जनता भन्दा बाहेकको शक्ति आफूसँग नभएको दाबी गरे।

‘सार्वभौम जनताको शक्ति बाहेक म सँग अर्को कुनै शक्ति छैन,’ लामिछानेले भने। चितवन–२ मा प्रधानमन्त्रीको भित्रि समर्थन छ? भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले त्यस्तो केही नभएको बताए। ‘मलाई कसैको समर्थन छैन। कसैसँग गठबन्धन नगरी चुनाव आफ्नो बलमा जित्नुपर्छ भनेर लागेका छौं। कसैले समर्थन गर्छ भने हामी धन्यवाद भन्छौं।’ लामिछानेले भने। साथै, उनले नागरिकतासम्बन्धी उठेको विषयमा प्रश्नबारे जवाफ दिँदै उनले न्यायीक प्रक्रियालाई प्रभावित नपारेको समेत बताए।

सम्बन्धित समाचारसबै