रुखले किचेर सर्लाहीमा एक महिलाको मृत्यु

0 Shares

सर्लाही – सर्लाहीमा रुखले किचिएर एक महिलाको सोमबार दिउँसो मृत्यु भएको छ। सदरमुकाम मलंगवा–६ खुटौनास्थित बाटो छेउमा रहेको मसलाको रुख काट्दै गर्दा अचानक रुख ढलेर किच्दा भारत बिहार राज्य जिल्ला सितामढी नगर निगम १८ निवासी केदार महतोको श्रीमती अन्दाजी ५० वर्षीया तुरन्ती देवी महतोको मृत्यु भएको हो।

मृतक महिला भोजको निम्तो दिन आफन्त कहाँ खुटौना आउँदै गर्दा बाटो छेउमा रहेको मसलाको रुख काट्दै गर्दा अचानक रुख ढलेर किचिएर घटना स्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको र रुख काट्ने व्यक्तिकोे खोजी कार्य भइरहेको छ।

सम्बन्धित समाचारसबै