विमानस्थल क्षेत्रमा ट्याक्सी चालक आन्दोलित, पार्किङ शुल्क घटाउनुपर्ने माग

0 Shares

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ शुल्क महँगो भएको भन्दै ट्याक्सी चालकले विरोध जनाएका छन् । त्यहाँ पार्किङ गर्दा न्यूनतम ८० रुपैयाँ तिर्नुपरेको भन्दै शुल्क घटाउनुपर्ने मागसहित मंगलबार उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले केही बेर सेवा बन्द गरेका थिए । पार्किङ भाडा बढाएका कारण आफूहरू मारमा परेको उनीहरूको गुनासो छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, एयरपोर्ट मिटर ट्याक्सी इकाइ समितिका अध्यक्ष दिलबहादुर शाक्यले विमानस्थल क्षेत्रमा पार्किङ शुल्क महँगो भएको भन्दै आफूहरूमाथि ज्यादती गरेकाले सेवा बन्द गर्नुपरेको जिकिर गरे ।

विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामक कम्पनीले भाडामा लिएको छ । पार्किङ शुल्क यसअघि प्रतिट्याक्सी २० रुपैयाँ थियो । अहिले ८० रुपैयाँ लिइँदै छ ।

सम्बन्धित समाचारसबै