उपेन्द्र जनताको खातिर आफूलाई समर्पित गरेका एक योद्धा हुन् : पूर्ण बस्नेत

0 Shares

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उपनिर्वाचनमा उपेन्द्र यादव सहजै निर्वाचित हुने बताएका छन्। उपनिर्वाचनबारे बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त कुरा बताएका छन्।

‘उपेन्द्र यादवले संघीयता र समानुपातिक समावेशिताको मुद्दालाई स्थापित गराए । यिनले मुलुकको परिवर्तनका खातिर जेलजीवन व्यतित गरेका छन्। राजनीतिक मुद्दा खेपेका छन्।  यिनी जनताको खातिर आफूलाई समर्पित गरेका एक अथक योद्धा हुन्,’ बस्नेतले भने।

उनी परिवर्तन, जनताको सुख, समृद्धि र मुलुकको हितका लागि चिन्तन गरिरहने एक राजनीतिक चिन्तक हुन् । मधेस र पहाडलाई भावनात्मक रूपमा जोड्ने काममा उनको महत्वपूर्ण योगदान रहेको उनले बताए।  बस्नेतले नेपालको राजनीतिलाई उपेन्द्र यादव चाहिने र उपनिर्वाचनमा यादवको सहजै जित हुने दाबी गरे।

सम्बन्धित समाचारसबै