0
Shares
काठमाडौँ – मकवानपुरको इन्द्रसरोवर तालमा र्याफ्टिङ्ग गर्ने क्रममा बेपत्ता भएकाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । काठमाडौँको दक्षिणकाली नगरपालिका ३ बस्ने ३५ वर्षिय राजकुमार सुवेदीको शव ४५ फिटको गहिराईबाट निकालिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण काठमाडौँबाट गएको गोताखोरले बुधबार सुवेदीको शव निकालेको हो । इन्द्रसरोवर गाउँपालिका १ कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर तालमा र्याफ्टिङ्ग गर्ने क्रममा उनी मंगलबार हामफाल्दा बेपत्ता भएका थिए ।