एकल महिलाले जन्माएको बच्चाको जन्मदर्ता आमाकै थरबाट हुने

0 Shares

काठमाडौँ  – राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले  एक महिलाबाट जन्मेको बच्चाको जन्मदर्ता मावलीकै थरबाट गर्न देशभरिका वडालाई निर्देशन दिएको छ।  एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता गर्ने विषयमा विभागले थप प्रस्ट पार्दै मावलीकै थरबाट जन्मदर्ता गर्न वडालाई पत्राचार गरेको हो ।

विभागले लेखेको पत्रमा भनिएको छ, ‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानमा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने।’

सम्बन्धित समाचारसबै