कालिञ्चोकमा मानव शव सडेगलेको अवस्थामा फेला

0 Shares

दोलखा- दोलखाको कालिञ्चोक गाउँपालिका १ स्थित भैसे पात्लेखोलामा मानव कंकाल भेटिएको छ  । पात्लेखोलामा फेला परेको शव सडेगलेको अवस्थामा कपडा र हड्डी केही  भाग मात्रै देखिएको छ । उक्त स्थानमा मालिङ्गो काट्न जाने क्रममा  मङगलबार दिउँसो करिब १ बजे मानव कङ्काल भेटिएपछि स्थानीयले वडाध्यक्षलाई खबर गरेका थिए ।

बुधबार बिहान करिब ८ बजे चरिकोट प्रहरीको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएर शव पोस्टमार्टमको लागि सदरमुकाम चरिकोट पठाएको छ भने उक्त शवको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचारसबै