उपनिर्वाचनमा उपेन्द्र यादवको जित सुनिश्चित छ : माधवकुमार नेपाल

0 Shares

बारा – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा २ मा गठबन्धनका उम्मेदवार उपेन्द्र यादवको जित सुनिश्चित रहेको दाबी गरेका छन् । बारा पुगेर जसपाका अध्यक्षसमेत रहेका यादवलाई भेटेपछि अध्यक्ष नेपालले गठबन्धनको जित सुनिश्चित रहेको बताए ।

बाराको कलैया स्थित एक होटेलमा भएको भेटमा चुनावी सहकार्यका विषयमा पनि छलफल भएको नेता नेपालले बताए । उनले गठबन्धनका दलहरूलाई एकमत भएर आफ्ना उम्मेदवारलाई विजयी बनाउन आग्रह पनि गरे । सो अवसरमा अध्यक्ष नेपालले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवसँग पनि प्रदेशका गतिविधिबारे छलफल गरेका थिए ।

सम्बन्धित समाचारसबै