0
Shares
काठमाडौँ – रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका–३ रन्मामा दिदी–बहिनी मृत फेला परेका छन् । तारामान बुढाका दुई छोरी ११ वर्षीया रीना बुढामगर र ९ वर्षीया कालिमाया बुढामगर मृत फेला परेकागाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरले जानकारी दिए ।
उनीहरू बुधबार साँझ सिस्नु टिप्ने भनी घरबाट निस्किएका थिए । दुई बालिकाको स्थानीयले खोजी कार्य गर्दा बिहीबार बिहान रन्मा गाउँकै भीरमा मृत फेला परेपछि प्रहरीलाई खबर आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अञ्जना श्रेष्ठले जानकारी दिइन् ।