बैंकिङ कसूर मुद्दा फरार प्रतिवादी न्यौपाने पक्राउ

0 Shares

काठमाडौँ – प्रहरीले बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गुल्मी छत्रकोट गाउँपालिका–४ घर भई काठमाडौं कलंकी बस्ने ४९ वर्षीय दिपक न्यौपाने रहेका छन् । उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले सिंहदरबारबाट पक्राउ गरेको हो ।

न्यौपानेलाई २०७८ मंसिर २७ गते उच्च अदालत पाटनको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र २२ लाख ४४ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचारसबै