0
Shares
रौतहट – रौतहटको राजपुर नगरपालिका ९ बैरिया गाउँमा ५ वटा घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। स्थानीय रुपनरायन साह कानुको घरदेखि शुक्रवार अपराह्न सुरु भएको आगलागीबाट गणेश साह कानु, उधो साह कानु, महेन्द्र साह कानु, राजेन्द्र साह कानुको घर पूर्णरुपमा जलेको थियो।
आगलागीमा अन्न, लत्ताकपडा धान, जलेर १७ लाख ३४ हजार ७०० रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। आगलागी हुँदा गौर बाट दमकल आउँदा ढिलो भएकाले समयमा नियन्त्रण हुन नसक्दा पूर्ण क्षति भएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली र गाउँले मिलेर झन्डै ४ घण्टामा आगलागी नियन्त्रणमा लिएका थिए।