धौलागिरि बेसक्याम्पमा हेलिकप्टर दुर्घटना, पाइलट जीवितै

0 Shares

काठमाडौँ – आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको हेली एभरेस्टको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । यद्यपि, हेलिकप्टरमा सवार पाइलट भने जीवितै फेला परेका छन् ।

इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर बिहान ११ बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो । हेलिकप्टरको खोजीमा उडेको एयर डाइनेस्टीको विमानले उक्त हेलिकप्टरलाई धौलागिरि बेसक्याम्पमा पल्टिरहेको अवस्थामा फेला परेको छ। विमानमा पाइलट श्री अधिकारी मात्र रहेको र उनी जीवितै फेला परेका थिए ।

सम्बन्धित समाचारसबै