0
Shares
धनगढी – कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तरगत चुरे गाउँपालिकाको फल्टुडेमा सुपप्र ०१००१ ज १४२३ को जिप दुर्घटना हुँदा चुरे गाउँपालिका-६ बस्ने १८ वर्षीय भानु ठकुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी अत्तरियाको दुर्गालक्ष्मी माध्यमिक विद्यालय केन्द्रमा एसईई परीक्षा दिएर घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।
जिपमा सवार चुुरेकै १६ वर्षीय प्रकाश धामी, १७ वर्षीय हरिश धामी र १८ वर्षीया सरस्वती धामी पनि घाइते भएका छन् । उनीहरुको अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको छ । उनीहरु पनि एसईई दिइएर घर फर्किरहेका थिए ।