चितुवाको बच्चा मृत अवस्थामा फेला

0 Shares

पर्वत – जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा चितुवाको बच्चा मृत अवस्थामा फेला परेको छ।  बुधबार बिहानै चितुवाको बच्चा मृत अवस्थामा भेटिएको हो। सवारी चालक र स्थानीयले चितुवाको बच्चा देखेपछि तत्काल नै जिल्ला प्रहरी कार्यालय पर्वत र डिभिजन वन कार्यालय पर्वतमा खबर गरेका थिए।

उद्धारको लागि पुगेको प्रहरी र वन कार्यालयका कर्मचारीले चितुवाको बच्चा मृत रहेको पुष्टि गरेर डिभिजन वन कार्यालयमा ल्याएका छन्। चितुवाको बच्चा मृत रहेको पुष्टि भएकाले मुचुल्का गरेर गाडिने छ।

सम्बन्धित समाचारसबै