नेकपा एसका जिल्ला कमिटी नै एमालेमा प्रवेश

0 Shares

काठमाडौं– नेकपा एकीकृत समाजवादीका ललितपुर जिल्ला कमिटी सचिव सुदर्शन मिश्रसंहित ललितपुर महानगर वडा नं १५ को समिति नेकपा (एमाले) मा प्रवेश गरेको छन् ।

एमालेमा प्रवेश गर्नेहरूमा नेकपा (एस) का जिल्ला सचिव मिश्र, केन्द्रीय निर्वाचन विभाग सदस्य तथा जिल्ला कमिटी सदस्य शिलग्राम मिश्र, जिल्ला कमिटी सदस्य राजेन्द्र थापा, ऋषिराज भेटवाल, माधव बन्जारा, कृष्ण महर्जन, राजन घिमिरे, रानुमैया कार्कीलगायत ३९ जना छन्।

आज  एमाले पार्टी कार्यलय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव शंकर पोखरेलको हातबाट टिका, अविर लगाउँदै उनीहरु पुरानै घरमा फर्किएका हुन् ।

सम्बन्धित समाचारसबै