यस्तो छ आज हरियो तरकारी तथा फलफूलको मूल्यसूची

0 Shares

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार कालो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अङ्गुर ११० रुपैयाँ, अनार २२५ रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवी ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठुलो गोलभेँडा ५० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु ३० रुपैयाँ, सेतो आलु २५ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २४० रुपैयाँ, कुरिलो ३५० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

सम्बन्धित समाचारसबै