0
Shares
काठमाडौँ– प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालका अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले आज शिष्टाचार भेट गरेकी छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा भएको उनीहरूबीचको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यसैबीच, प्रधानसेनापति शर्माले सहायकरथीबाट उपरथीमा बढुवा भएका सुदर्शन सिल्वाललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णय अनुरूप उपरथीमा बढुवा भएका सिल्वाललाई सैनिक मुख्यालयले सैनिक इन्टेलिजेन्स महानिर्देशकको जिम्मेवारी दिएको छ ।