मिथिलाञ्चलमा आज जुडशीतल पर्व मनाइँदै

0 Shares

जनकपुरधाम – तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशितल पर्व मनाइँदै छ । नयाँ वर्षको अवसरमा वैशाख २ गते बिहानै बुवाआमा, गुरु, मान्यजन एवं घरका श्रेष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिएर जुडशीतल पर्व मनाइँदैछ ।

वर्ष भरी सुख, समृद्धि, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगति होस् भन्ने कामना गर्दै आफूभन्दा सानालाई आशीर्वाद दिने र सानाले पनि मान्यजनबाट आशीर्वाद लिने प्रचलन रहिआएको छ । त्यस्तै आजका दिनमा खेतबारीमा मलजल गर्ने र बोटबिरुवामा पानी हाल्ने गरिन्छ । आजका दिन घर–घरमा मिष्ठान परिकार भात, दाल, तरकारी, करही बरी, तरुवा, भुजुवालगायतको भोजन बनाएर खाने परम्परा रहेको छ ।

सम्बन्धित समाचारसबै