मेयर हर्क राईले दिए सांसदहरुलाई चेतावनी, बालेनले जनाए समर्थन

0 Shares

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क राईले कोशीको पानी धरान ल्याउने प्रोजेक्टमा बजेट नपरे धरानमा सांसद्हरुलाई निषेध गर्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमार्फत मेयर राईले भनेका छन् -‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरूलाई धरानमा निषेध गरिनेछ ! तल तीनकुने मै बोर्ड राखिनेछ फोटो सहित को ! ख्याल नठान्नु होला ! यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु !’

राईको यो अभिव्यक्तिमा काठमाडौँ महानगरका मेयर बालेन शाहले पनि समर्थन जनाएका छन् । राईको स्ट्याटसमा शाहले लेखेका छन् -‘पूर्ण समर्थन, गर्ने नै यही हो ।’

सम्बन्धित समाचारसबै